Menu
  • Emergency Call: 9857082491
  • Phone Number: +977 -79-520491, 520689

News & Events

श्री सिद्धबाबा माध्यमिक विद्यालयको ४० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यार्थीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण

आज मिति २०८२ फागुन ७ गतेका दिन शुभलक्ष्मी स्वास्थ्य सेवा तथा नेशनल प्याथ ल्याव गुल्मी र रेसुङ्गा नगरपालिका वडा नं ८ स्थित श्री सिद्धबाबा माध्यमिक विद्यालयको समन्वय र सहकार्यमा विद्यालयको ४० औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा स्वास्थ्यक्षेत्रको कार्यक्रम अन्तर्गत विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुद्वारा २०० जना विद्यार्थीहरुको Rheumatic Heart Diseases Screening र २६८ जना विद्यार्थीहरुमा रगतमा गरिने जाँच Complete Blood Count (CBC) अन्तर्गतको जाँच (WBC, RBC, Platelets, HB level, Infection Marker Screen) गरि विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरियो ।

विद्यालयको वार्षिकोत्सवको सुअवसरमा जोडिएर हामीलाई सेवा गर्नेमौका दिनुभएकोमा विद्यालयका प्र.अ. आदरणीय श्री डोर बिक्रम श्रीस ज्यू, विद्यालय व्यवस्थापन समिति लगायत सिङ्गो विद्यालयमा परिवारमा विशेष धन्यावाद व्यक्त गर्दछौं । साथै विद्यालयको ४० औं वार्षिकोत्सव कार्यक्रमकाे भव्य सफलताको कामना गर्दछौं ।

More News & Events