News & Events
सामुहिक सहकार्यमा लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०२६ को अवसरमा लागू औषध दुरुपयोग एवं अवैध ओसारपसार विरुद्ध युवा क्लब लक्षित सचेतना, अभिमुखीकरण कार्यक्र
लागू औषध दुरुपयोग एवं ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २६, २०२६ को अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाइ तथा नेतृत्वमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय गुल्मीको आयोजना एवं हाम्रो संस्था शुभलक्ष्मी स्वास्थ्य सेवा, जिल्ला प्रहरी कार्यालय गुल्मी र सशस्त्र प्रहरी बल नेपाल ३७ नं गुल्म गुल्मी को सामुहिक सहकार्यमा लागू औषध दुरुपयोग एवं अवैध ओसारपसार विरुद्ध युवा क्लब लक्षित सचेतना, अभिमुखीकरण तथा परिचालन कार्यक्रम सम्पन्न भएको छ । सम्पन्न उक्त कार्यक्रममा फोर्टिन स्टार युथ क्लब, पुल्चोक युथ क्लब र खुकुरी युथ क्लबका अध्यक्षज्यू लगायत क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।